चायाँ पोतो को कारण र उपचार
चायाँ पोतोलाई अंग्रेजीमा Melasma मा भनिन्छ। गर्भ रहेको बेला पनि चायापोतो आउने भएकाले यसलाई mark-of प्रेग्नेन्सी पनि भनिन्छ। यो पुरुषमा भन्दा महिलामा बढी आउने गर्दछ। अमेरिकामा भएको एक अनुसन्धानमा करिब 90 प्रतिशत मानिस महिला थिए जसमा चायाँ पोतो आएको थियो ।
चायापोतोले छालामा कालो धब्बा गराउँछ, र यो धब्बा आफ्नो छालाको रङ भन्दा बढी कालो हुन्छ। यो प्रायः मुखमा आउछ र शरीरको अन्य अङ्ग जो घामको प्रतक्ष्य किरण वा सम्पर्कमा आउँछ त्यस्तो ठाउँमा पनी चाया पोतो देखिन सक्छ।
प्राय गाला, निधार, र घाटी मा चाया पोतो देखिन्छ।
यसका कारणहरु
✓ गर्भनिरोधक चक्की प्रयोग गर्नाले
✓ गर्भवती भएको अवस्थामा
✓ हर्मोन थेरापी गरेकाहरुमा
✓ तनाव र thyroid रोगको कारणले पनी चाँयापोतो आउनसक्छ।
✓ dark skin-tone भएका हरुमा भन्दा light skin-tone भएकाहरुमा चायापोतो बढी देखिन सक्छ।
✓ यो वंशाणुगत पनि भएको हुन्छ।
✓ घाम मा बस्नाले पनि छालामा पोतो वा आउनसक्छ, किनकि सूर्यको प्रकाशमा भएको विकिरणले छालालाइ रङ प्रदान गर्ने कोषिकालाई मार्ने वा प्रभावका पार्ने गर्दछ।
चायाँ पोतो को उपचार
✓ सामान्यतया गर्भधारण को बेला वा गर्भनिरोधक चक्कीको सेवन को बेला आएको पोतोहरु बच्चा जन्मिएपछि वा औषधि बन्द गरेपछि आफै हराएर जाने हुँदा कुनै पनि उपचारको अवश्यक पर्दैन।
✓ अन्य अवस्थामा औषधी बिज्ञ वा चिकित्सकको सल्लाह बमोजिम विभिन्न औषधिजन्य कुराहरूको प्रयोग गर्न सकिन्छ। तिनको प्रयोग चाँयापोतोको अवस्था,र यसको कारण अनुसार फरक हुन्छ।
चाया पोतोको उपचार गर्नु पूर्व यसलाई थप बढ्न नदिनु नै उपयुक्त हुन्छ।
✓ यसकालागि घामबाट जोगिनुपर्छ
✓ गर्भनिरोधक चक्कीको प्रयोग नगर्ने अथवा अन्य तरिका बाट गर्भ रोक्ने
✓ टिवी वा ल्यापटपमा हुने एलईडी लाइट बाट बच्ने
- घामबाट बच्नका लागि घाममा जाँदा zinc oxide, Iron oxide, titanium oxide भयको सनस्क्रिन लगाउनुपर्छ।
- सनस्क्रिन लगाउँदा Sun protecting factor ( spf) अथवा एसपीएफ 30 देखि 50 सम्मको लगाउनुपर्छ।
- सनस्क्रिन लगाउँदा हरेक दुई दुई घन्टामा लगाउनुपर्छ।
सनस्क्रिन लगाउँदा औंलाको नियम
- सनस्क्रिन लगाउँदा २ औंला भरीको सनस्क्रिन मुखमा र घाँटीमा लपक्कै लगाउनुपर्छ। यो हरेक दुई- दुई घण्टामा वा 8 बजे 11 बजे र तीन बजे लगाउनुपर्छ, किनभने यो समयमा सूर्यको किरण अत्याधिक बढी हुन्छ।
- घाम लागेको वा बादल लागेको समयमा पनि सनस्क्रिन लगाउन बिर्सनु हुँदैन।
चायाँ पोतोको लागी प्रयोगमा आयका कही औषधि
Azelaic acid, hydrocortisone, cysteamine, hydroquinone, tranexamic acid, tretinoin,
- Combination of this drug
- सनस्क्रिन बाहेकका अन्य औषधिले छालाको कालो र रङ बदलिएको बाहिरी भागलाई हटाउने गर्दछ।
- ध्यान दिनुपर्ने कुरा के हो भने सबै प्रकारका उपचार र पद्धतिमा छालाको दाग हरु पूर्णरुपमा हराएर जान्छ भन्ने हुँदैन। र गरिहाले पनि केही प्रतिशत गहिरो दागहरु बाँकी वा हराउन को लागि लामो समय लाग्न सक्छ
- त्यस्तै गरी चायाँ पोतो हटाउने अन्य विधिहरु पनि छन् chemical peeling, microneedling, laser and light treatment.
- जुनसुकै उपचार पद्धती सुरु गरेपनि पोतो राम्रो सङ्ग जानलाई 3 देखि 12 महिना लाग्न सक्छ।
No comments:
Post a Comment