आकास्मिक गर्भनिरोधक चक्की
आकास्मिक गर्भनिरोधक चक्कीले असुरक्षित यौन सम्पर्क पछि अनावश्यक गर्भ रहन बाट रोक्दछ। गर्भ पहिलेनै बसि सकेको खण्डमा भने यो औषधी प्रभावकारी रहँदैन। यसलाई "Morning after pills" पनि भनिन्छ।
आकस्मिक गर्भनिरोधक चक्की बारे जान्नैपर्ने केही तथ्यहरु
१. यो चक्की 72 घण्टाभित्र प्रयोग गर्नुपर्दछ। त्यसैले यसलाई 72
घण्टे चक्की पनि भनिन्छ। असुरक्षित यौनसम्पर्क पछि जति छिटो यो चक्की सेवन गरिन्छ त्यतीनै बढी यो प्रभावकारी हुन्छ।
२. यो चक्की सेवन गर्नाले टाउको दुख्ने तल्लो पेट दुख्ने अनि बिरामी भएको जस्तो गराउन सक्छ।
३. यसले हजुरको अर्को महिनावारी ढिलो अथवा चाँडो , महिनाबारी अलि दुःख दिने खालको हुनसक्छ (painful mensuration) हुनसक्छ।
४. यो औषधि सेवन गरेको दुई घन्टा भित्रमा बान्ता भयो भने औषधि पुनः सेवन गर्नुपर्छ।
५. यस्ले जटिल खालका साइडइफेक्ट अरु गराउँदैन।
६. आकस्मिक गर्भनिरोधक चक्कीले गर्भपतन गराउँदैन।
प्रयोग गर्ने विधि
- Levonorgesterol १ चक्की १.५ mg अथवा
- २ चक्की ०.७५ mg
प्रायः सबै महिलाले यो औषधि प्रयोग गर्न सक्दछन्।
✓ यो औषधि सँग allergic reaction भएकाहरुले
✓ दम भएकाहरूले
✓ केही HIV विरुद्धका औषधीहरु, केही टीवी र केही antacid हरु प्रयोग गर्ने व्यक्तिहरुले यो औषधि प्रयोग गर्नुहुँदैन।
जटिल र दीर्घकालीन अथवा long term साइड इफेक्टहरु हुँदैनन् तर टाउको दुख्ने, तल्लो पेट दुख्ने, महिनावारी गडबड हुने, बान्ता आउने, जस्तो साइडइफेक्ट अरु देखिन सक्छन्।
यो औषधि कहाँ किन्न पाइन्छ त?
आवश्यक परेको खण्डमा यो अलि नजिकैको फार्मेसीमा हस्पिटलमा क्लिनिकमा किन्न पाइन्छ।
केसले बाँझोपन गराउँछ त ?
अह, यो औषधिले बाझोपन गराउँदैन।
महिनामा एक पटक भन्दा बढी पनि प्रयोग गर्न मिल्छ तर सधैं गर्भनिरोधक चक्की जसरी प्रयोग गर्नु भने हुँदैन किनभने यसले महिनावारी अनियमित बनाउन सक्छ।
नेपालमा आकास्मिक गर्भनिरोधक चक्कीका ब्रान्डहरु के-के छन् त?
नेपालमा unwanted, I-pill, Econ जस्ता ब्रान्डहरु उपलब्ध छन्।
No comments:
Post a Comment