Sunday, August 6, 2023

आँखा पाक्ने समस्या, कारण, लक्षण, रोकथाम र उपचार/ Conjunctivitis cause, symptoms, prevention and treatment

 आँखा पाक्ने रोग

यो रोग आँखाको बाहिरी कुराहरु जस्तै ( बेक्टेरिआ, भाइरस्, एलेरेजेन्) को संक्रमणले गर्दा हुने रोग हो । आँखाको बाहिरी भाग पातलो झिल्लिले ढाकेको हुन्छ जसलाई कन्जन्टिभा पनि भन्ने गरिन्छ । र यो भागको संक्रमण अथवा सुन्निएको अवस्थालाई अंग्रेजीमा कन्जन्टिभाइटिस भनिन्छ । कन्जन्टिभाइटिस्लाई सामान्य भाषामा आँखा पाक्ने रोग पनि भन्ने गरिन्छ ।




 
 यो रोगले गर्दा आँखा भित्र रहेको रक्तनलीहरु र परेलाहरु सुन्निने गर्दछ, जसले गर्दा आँखाको सेतो भाग रातो अथवा गुलाबी रङको हुने गर्दछ।

यसका लक्षणहरु

·         एउटा वा दुबै आँखा रातो हुने
·         चिलाउने
·         आँसु आउने
·         पहेलो कचेरा जस्तो वस्तु बहने वा निस्कने
·         आँखा धमिलो हुने
·         आँखाको परेलाहरु चिप्कने वा सुन्निने वा हेर्न गाह्रो हुने
·         आँखा बिझाउने वा असजिलो हुने
 
यसका कारणहरु

·         विविन्न किसिमका बेक्टेरिआ, भाइरस्, एलेरेजेन् (virus, bacteria, allergy) का कारणले
·         हावामा उड्ने र न-उड्ने दुवै किराहरूको सम्पर्कमा आउनाले
·         सरसफाइमा ध्यान नदिँदा
·         सुख्खा र गर्मी खालको वातावरणमा रहँदा
·         संक्रमित व्यक्तिको प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कमा आउँदा
 
यसका प्रकारहरु
यसका प्रकारहरु धेरै हुने गर्दछन तर धेरै जस्तो यो रोग तीन प्रकारमा विभाजित छ:

१) बेक्टेरिआका कारण (Bacteria)
यस प्रकारको रोग बेक्टेरिआको कारणले हुने गर्दछ  र आँखाबाट पहेलो कचेरा र पानी निस्कने गर्दछ । यो त्यती नसर्ने खालको हुन्छ ।
 


२) भाइरसका कारण (Virus)

यो धेरैजसो एडिनो भाइरस (adenovirus) भन्ने भाइरसबाट हुने गर्दछ तर अन्य भाइरस जस्तै हर्पेस सिम्प्लेक्स भाइरस (Herpes Simplex virus) र भेरीसेल्ला जोस्टर भाइरस (Varicella Zoster virus) ले गर्दा पनि हुन्छ । यो अति नै चाँडो १ बाट अर्को व्यक्तिमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क बाट सर्ने वा फैलिने गर्दछ । यसका कारणले आँखामा आँशु जस्तो पानी बग्ने गर्दछ ।


 

३) एलेरेजेनका कारण (Allergen)

यो बेक्टेरिआ, भाइरस् बाहेक अन्य केमिकल अथवा विशालु चिजको सम्पर्कले हुने समस्या हो । एसमा आशु आउने, चिलाउने हुन्छ ।

यसको रोकथाम

·         सरसफाइमा ध्यान दिनु सबैभन्दा उत्तम उपाय हो
·         आँखालाई हातले नछुने
·         हात धोइराख्ने
·         सफा टावेल प्रयोग गर्ने
·         अरुको लुगा, टावेल प्रयोग नगर्ने
 
सामान्य घरेलु उपचार पद्दति

·         उमालेको पानीले कपास वा नरम कपडाको मद्दतले आँखाको बाहिरी सेतो भाग सफागर्ने
·         उमालेर मन तातो भएको पानी भित्र आँखा डुबाएर आँखा खुम्चने र हेर्ने गर्ने
·         कालो चश्मा वा अन्य कुनै आँखा छोप्ने उपकरण लगाउने
·         कुनै प्रकारको बन्डेज प्रयोग नगर्ने
 
अस्पताल जानुपर्ने अवस्था
आँखा धेरै रातो भएमा, दुखेमा, पोलेमा वा सामान्य भन्दा कुनै  किसिमका लक्षण देखिएमा नजिकैको आँखा अस्पताल जानुपर्दछ.
 
·         अस्पातलमा लक्षणगत उपचार गरिन्छ
·         आखा बिझाएमा कृतिम आशु दिइन्छ
·         बेक्टेरिआको कारण भए एन्टिबिओटिक आइ ड्रप
·         भाइरस हो भने यसमा एन्टिबिओटिक लगाउनु पर्दैन आफै दुईतीन हप्तामा हराएर जान्छ र अन्य जानकारीका लागी डाक्टरसँग सल्लाह गर्दा उपयुक्त हुन्छ

No comments:

Post a Comment