डेङ्गु ज्वरो
लामखुट्टेको टोकाइबाट सर्ने भाइरसको संक्रमणबाट हुने रोग मध्येको एउटा रोग डेंगु पनि हो। यो Flavivirus अन्तर्गत भर्ने डेंगू भाइरसको जीवाणुले गर्दा लाग्दछ। एडिज इजिप्टाइ जातको लामखुट्टेले डेङ्गु भएकालाई टोकेर, अरुलाई टोकेमा यो रोग सर्दछ। सुरुमा अफ्रिकामा मात्र पाइने यो लामखुट्टे अहिले सबैजसो गर्मी भएका भूभागमा पाइन्छ। र यिनले प्राय दिउँसो वा साँझपख टोक्ने गर्दछन्। यो लामखुट्टेका खुट्टामा सेता धर्साहरू र ढाडको माथिल्लो भागमा बिडा आकारका धर्साहरु रहेका हुन्छन्, जुन अरु प्रजातिका लाभ जुटेमा देखिँदैनन्।
पनि जम्ने ठाउँ, साना खाल्टा हरुमा, सफा पानी धेरै दिनदेखि जमेर बसेको भएमा यस्ता लाम्खुट्टेहरुले पुल पार्ने गर्दछन्।
डेङ्गुको जटिलता अनुसार यसलाई तीन प्रकारमा विभाजन गरिएको छ
१. डेंगू फिवर
२. डेङ्गु हेमोरेजिक फिवर
३. डेङ्गु सक सिन्डरम
डेंगुको संक्रमण को बेला विशेष किसिमको ज्वरो आउँछ, जसलाई डाक्टरी भाषामा हेमोरेजिक फिवर भनेर चिनिन्छ।
✓ हातगोडा, जोर्नी, टाउको दुख्ने, आलस्य हुने यो रोगका प्रमुख लक्षणहरू हुन्
- त्यसैले यसलाई break bone fever पनि भनिन्छ।
यसका लक्षणहरु
डेङ्गु भाइरस बोकेको लामखुट्टेले टोकेको सातदिन पछि यसका लक्षणहरु देखिन थाल्छन् जुन यसप्रकारका छन्:
✓ हातगोडाका मांसपेशी र जोर्नी दुख्ने
✓ छालामा चागाहरु हराउने र देखिने हुने
✓ चर्को ज्वरो आउनु
✓ बेस्कन टाउको दुख्नु
✓ आँखाको पछिल्लो भागमा पीडा हुनु
✓ वाकवाकी लाग्नु र बान्ता हुनु
स्थिति अरु गम्भीर हुँदै गए लक्षणहरू पनि अझै दुःखदायी हुनथाल्छ। जस्तै:
✓ नाक मुख र गिजाबाट रगत आउने
✓ आन्तरिक रक्तश्राव हुने
✓ कालो दिसा वा कालो बान्ता आउने
✓ पेट दुख्ने
✓ छालामा मसिना राता बिबिरा हरु देखिने
✓ नाडी मधुरो हुने
✓ रक्तचाप घट्दै जाने
✓ शरीरमा रगतको कमी हुँदै जाने
- त्यसैगरी रगतमा प्लेटलेटको संख्या घट्ने ( Thrombocytopenia)
- WBC डब्ल्यूबीसी को संख्या घट्ने ( Leucopenia)
- Hematocrit को लेबल बड्नसक्छ
यसको निदान
डेङ्गुमा आउने ज्वरो र मलेरिया, टाइफाइड मा हुने ज्वरो सुरुसुरुमा उस्तै लाग्छन्। अन्य लक्षण हरुले डेंगुको संकेत गरेपछि बिरामीको रगत तथा सेरमको नमुना लिन सकिन्छ।
✓ बिरामी बढ्ता गर्मी हुने र लामखुट्टे लाग्ने ठाउँमा गएको हो वा होइन भन्ने कुराले पनि डेंगु हो वा होइन भनेर पत्ता लगाउन मद्दत मिल्दछ
✓ यस रोगका लक्षणहरु देखिन 7 तुरुन्तै अस्पताल गएर परीक्षण गर्नुपर्दछ
डेङ्गुको उपचार
डेङ्गु भाइरसको कारणले हुने भएकाले अहिलेसम्म यसको खासै औषधि उपलब्ध छैन।
✓ आरम गर्ने
✓ प्रशस्त पानी पिउने
✓ ज्वरो आएमा ज्वरोको औषधि सेवन गर्ने
✓ रगत बगेमा प्राथमिक उपचार गरेर जतिसक्दो चाँडो अस्पताल जानु पर्दछ
✓ अस्पतालमा ज्वरो कम गर्नको लागि प्यारासिटामोल दिन हुन्छ तर ब्रुफेन र एस्पिरिन भने दिनुहुँदैन। किनभने यसले आन्तरिक रक्तश्राव लाई बढावा दिन सक्छ।
✓ बिरामीको अवस्था हेरेर पानी वा रगत चढाउने पनि हुनसक्छ।
डेंगुबाट बच्ने उपाय
डेंगुबाट बच्ने प्रमुख उपाय भनेको लामखुट्टेको टोकाइबाट आफूलाई बचाउनु हो।
- यसकालागि लामखुट्टे भएको ठाउँमा जाँदा बाह्र उज्यालो कपडा लगाउने जसलाई लामखुट्टेले मन पराउँदैन।
- लामखुट्टे भगाउने Odomos जस्ता तेल वा किरीम खुला रहेका हात खुट्टामा लगाउने
- राति सुद्दा झुल टाँगेर वा लामखुट्टे भगाउने औषधि वा धुपको प्रयोग गर्ने
- झ्याल ढोकामा जाली लगाउने
- शरिरमा सेन्ट नलगाउने, सेन्टले पनि लामखुट्टेलाई आकर्षण गर्न सक्छ
- सकेसम्म बास्नादार साबुनले नुहाउने
- घरवरिपरि पानी जम्न नदिने
डेंगुको घरेलु उपचार
घरमै पनि घरेलु औषधि वा खाना खाएर डेङ्गुको उपचार गर्न सकिन्छ।
१. मेवाको पात
विभिन्न अनुसन्धानका आधारमा मेवाको पातमा प्लेटलेटको संख्या बढाउने तत्व भएकाले, डेङ्गुको बिरामीमा यसको जुस पिउनु प्रभावकारी हुन्छ। तर बिरामीको blood pressure normal भएको खण्डमा मात्र।
२. त्यस्तै अन्य खानेकुरा हुन् अनार, नरिवलको पानी, नरिवल, बेसार, मेथी,सुन्ताला, मौसम, प्रशस्त सुप र पानी, किव्वी
खान नहुने खानेकुराहरु
- माछामासु, तारेको र धेरै मसालेदार खाना, कफी
No comments:
Post a Comment