उच्च रक्तचापका बिरामीहरु प्राय सबै घरमा भेटीनुहुन्छ। उच्च रक्तचापलाइ औषधि बिना पनि घरमै नियन्त्रण गर्नसकिन्छ। आज हामी बिना औषधि कसरी घरमै नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा जानकारी दिँदैछौं।
पहिले नम्बरमा छ सधैं हिँड्ने र यक्सरसाइज गर्ने
हाइ ब्लड प्रेसरलाई नियन्त्रण गर्ने सबैभन्दा उत्तम माध्यम नै यक्सरसाइज हो। ब्लड प्रेसरलाई नियन्त्रण गर्न कम्तिमा पनी दिनको ३0 मिनेट हिड्नुपर्छ। जति धेरै यक्सरसाइज गर्यो त्यति धेरै ब्लडप्रेसर घट्छ।
त्यस्तैगरी अर्को माध्यम हो खानमा नुनको मात्र कम गर्ने
यो तरिका हजुरहरुले घरमै पनि अपनाउन सक्नुहुन्छ। आज ब्लडप्रेसर नाप्नु होस् र दुई दिनपछि नुन नखाइकन फेरि ब्लडप्रेसर नाप्नुहोस्, हजुरहरुले आफै पनि अन्तर देख्न सक्नुहुन्छ।
त्यसैगरी ब्लडप्रेसर नियन्त्रण गर्ने अर्को माध्यम हो तौल नियन्त्रण
अफ्नो मोटोपन भएको तौललाई घटाउँदा पनि ब्लडप्रेसर घट्न सक्छ।
त्यसैगरी नै धुम्रपान र मध्यपान त्यागी दिनाले पनि ब्लडप्रेसर घट्न सक्छ
यदी हजुरहरुले धुम्रपान मध्यपान गर्नुहुन्छ छ भने हजुरको ब्लडप्रेसर हाइ हुनसक्छ तर त्यो त्यागेको अवस्थामा विस्तारै हजुरको ब्लडप्रेसर घट्दछ।
यसैगरी क्याफिन भएका खानेकुरा खाँदा पनि ब्लडप्रेसर बढ्न सक्छ
त्यसैले caffeine भएका खानेकुरा नखाँदा ब्लड प्रेसर घटाउँन सकिन्छ। यदी हजुरहरुले सधैं कफी खानुहुन्छ भने हजुरहरूको ब्लडप्रेसर हाइ भएको हुनसक्छ। त्यसैले ब्लडप्रेसर घटाउनका निम्ति कफी खान एकदमै कम अथवा खान छोड्नुपर्छ।
तनाव र थकानले पनी ब्लडप्रेसर बढ्न सक्छ
त्यसैले तनाव र थकान नियन्त्रण गर्दा पनि हजुरहरूको ब्लडप्रेसर घट्दछ ।
त्यस्तैगरि नै उक्त रक्तचाप कन्ट्रोल गर्ने सबैभन्दा महत्त्वपूर्ण उपाय भनेको खानामा ध्यान दिनु हो। खानामा नुन कम गर्नका साथै फलफूल, सागसब्जीको मात्रा बढाउने, चिल्लो पदार्थको मात्रा कम गर्ने गर्नुपर्दछ। सेचुरेटेड तेलको मात्रा कम गर्नाले पनि बढेको प्रेसर घटाउन र नियन्त्रणमा राख्न मिल्छ।
हाइ ब्लडप्रेसर घटाउनका लागि खाने पर्ने खानेकुराहरु
बेरीज: जस्तै blueberry, स्टबेरी: यसमा एन्टिअक्सिडेन्ट हुन्छ र यसले प्रेसर घटाउँन मद्धत गर्छ
केरा: केरामा पोटासियम एकदम धेरै भएको हुनाले यसले पनि प्रेसर घटाउन मद्दत गर्छ।
चुक्नदर: यसको जुसमा nitrate हुन्छ र यसले पनि ब्लडप्रेसर मज्जाले घटाउँछ।
डार्क चकलेट: यसमा Flavonoids, एन्टिअक्सिडेन्ट हुने भएकोले ब्लडप्रेसर घटाउँछ।
खरबुजा: खर्बुजा मा एमिनो एसिड हुन्छ र एमीनो एसिड, Nitric acid मा change हुने भएकाले यसले पनि ब्लडप्रेसर घटाउँछ।
औट्स: यसमा फाइबर जसको नाम हो बिटा गुल्कान भन्ने हुन्छ र यो मुटुका लागि एकदमै राम्रो हो। र यसले ब्लड प्रेसर घटाउँछ।
हरियो सागसब्जी: हरियो सागसब्जी जस्तै बन्दा, काउली, रायो पालुङ्गो, चम्सुरमा नाइटेर्ड हुन्छ र यो पनि मुटुका लागी यकदमै राम्रो हो।
लसुन: लसुनमा एन्टिबाइटिक र एन्टी फंगल पर्पटी हुन्छ यसले पनि blood pressure घटाउँदछ।
गेडागुडीको दाल: यसमा पोर्टीन त फाइबर हुन्छ र यसले पनी ब्लडप्रेसर घटाउँछ।
दही, अनार, दालचिनी, अमीलो फलफूल जस्तै कागती, सुन्तला अमला, टमाटर, आलस, करेलाहरुले पनी ब्लड प्रेसर घटाउन मद्दत गर्दछ।
No comments:
Post a Comment