नमस्कार लियाना क्मयुनिटी फार्मेसीमा हजुरहरुलाई स्वागत छ । आज हामीले बच्चाहरुका लागि milk formula कसरी बनाउने भनेर सिकाउदै छौ।
नेस्ले कम्पनीको ल्याक्टोजिन चारवटा प्रकारको आउँछ। ल्याक्टोजिन १, २, ३, ४।
- ल्याक्टोजिन १ चाहिँ बच्चा जन्मेको दिन बाट ६ महिनासम्म खुवाइन्छ भने
- ल्याक्टोजिन २ चाहि ६- १२ महिनाको बच्चाको लागि हो ।
- त्यस्तै ल्याक्टोजिन ४ चाहिँ १२ देखि १८ महिनाको बच्चाको लागि हो
- र ४ भने १८ देखि २४ महिनाको बच्चालाई खुवाइन्छ।
अब भने ल्याक्टोजिन १ कसरी बनाउने भनेर सिकौ है त!
१. यो बनाउनुभन्दा पनि अगाडि मज्जाले सावुन पानीले हात धुनुपर्छ।
२. खुवाउने बोतल, निप्पल, कचैरा, चम्चा, सफा र sterilize गर्नुपर्छ। यदि हजुरहरु सँग sterilizer छ भने sterilizer ma sterilize गर्नु छ । यदी छैन भने तातो पानी तताएर बोतल, चम्चा पानी तताउने भाँडो मा पाँच मिनेटसम्म उमाल्नु पर्छ ताकि त्यसमा भएको किटाणु नष्ट होस्। त्यसपछि त्यसलाई सेलाउन छोड्नुपर्छ।
३. त्यसपछि ल्याक्टोजिन बनाउने पानी तताउनुपर्छ ५ मिनेटसम्म, ताकि त्यो मज्जाले उम्लीयोस। यसरी मज्जाले उमाल्यो भने त्यसमा भएको किटाणु नष्ट हुन्छन्
४. अब पानीलाई मनतातो नहुँदासम्म सेलाउनु छुनुपर्छ, ३0 मिनेट जति।
५. अब हाम्रो पानी पनि रेडी भयो अनि बोत्तल पनि रेडि छ। अब बोतलमा पानी हाल्नुपर्छ, पानी कति हाल्ने भन्ने कुरा बोतलको पछाडीको कभरमा लेखेको छ। मैले अहिलेचाहिँ बच्चा जन्मेदेखि दुई हप्तासम्म सिकाउँछु। यदी बच्चा एक र दुई हप्ताको छ भने 90 ml उमालेको पानी हाल्ने , 90ml pani नाप्नको लागि बोतलमै घेरा हुन्छ।
६. त्यसपछि एक र दुई हप्ताको बच्चाको लागि ३ स्कोप ( ल्याकटोजीनमा भयको चम्चा) ल्याक्टोजिन पाउडर बोतलमा राख्ने। स्कोप अथवा चम्चा चाहिँ ल्याक्टोजिनको प्याकेटमै भएको मात्र प्रयोग गर्नुपर्छ। स्कोप मा पाउडर राख्दा लेबलमा मिलाएर राख्नु पर्छ धेरै र थोरै हुनु हुँदैन।
७. ल्याक्टोजिन पाउडर र पानी चाहिँ बच्चाको उमेर अनुसार नै पढेर मात्रा मिलाएर राख्नु पर्छ।
८. अब बोतलमा पानी अनि ल्याक्टोजिन पाउडर राखेपछि बोतल को ढक्कन लगाउने र तलमाथि गरेर हल्लाउने र 10 सेकेन्ड जती सबै पाउडर नघुल्दासम्म हल्लाउने।
९. बच्चाले खान को लागि ठीक छ कि छैन भनेर यसको तापक्रम चेक गर्ने र धेरै तातो भएमा सेलाउनु पर्छ।
१०. तापक्रम ठीक भएपछि बच्चालाई तुरुन्तै ल्याक्टोजिन ख्वाउनुपर्छ।
११. बच्चाले खाएर धेरै भएको ल्याक्टोजिन तुरुन्तै फाल्नुपर्छ पछि प्रयोगका लागि राख्नुहुँदैन।
१२. बनाएपछि 30 मिनेट भित्र खुवाउनुपर्छ किनभने त्यसमा किटाडु जम्न सक्छ।