Sunday, August 6, 2023

आँखा पाक्ने समस्या, कारण, लक्षण, रोकथाम र उपचार/ Conjunctivitis cause, symptoms, prevention and treatment

 आँखा पाक्ने रोग

यो रोग आँखाको बाहिरी कुराहरु जस्तै ( बेक्टेरिआ, भाइरस्, एलेरेजेन्) को संक्रमणले गर्दा हुने रोग हो । आँखाको बाहिरी भाग पातलो झिल्लिले ढाकेको हुन्छ जसलाई कन्जन्टिभा पनि भन्ने गरिन्छ । र यो भागको संक्रमण अथवा सुन्निएको अवस्थालाई अंग्रेजीमा कन्जन्टिभाइटिस भनिन्छ । कन्जन्टिभाइटिस्लाई सामान्य भाषामा आँखा पाक्ने रोग पनि भन्ने गरिन्छ ।




 
 यो रोगले गर्दा आँखा भित्र रहेको रक्तनलीहरु र परेलाहरु सुन्निने गर्दछ, जसले गर्दा आँखाको सेतो भाग रातो अथवा गुलाबी रङको हुने गर्दछ।

यसका लक्षणहरु

·         एउटा वा दुबै आँखा रातो हुने
·         चिलाउने
·         आँसु आउने
·         पहेलो कचेरा जस्तो वस्तु बहने वा निस्कने
·         आँखा धमिलो हुने
·         आँखाको परेलाहरु चिप्कने वा सुन्निने वा हेर्न गाह्रो हुने
·         आँखा बिझाउने वा असजिलो हुने
 
यसका कारणहरु

·         विविन्न किसिमका बेक्टेरिआ, भाइरस्, एलेरेजेन् (virus, bacteria, allergy) का कारणले
·         हावामा उड्ने र न-उड्ने दुवै किराहरूको सम्पर्कमा आउनाले
·         सरसफाइमा ध्यान नदिँदा
·         सुख्खा र गर्मी खालको वातावरणमा रहँदा
·         संक्रमित व्यक्तिको प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कमा आउँदा
 
यसका प्रकारहरु
यसका प्रकारहरु धेरै हुने गर्दछन तर धेरै जस्तो यो रोग तीन प्रकारमा विभाजित छ:

१) बेक्टेरिआका कारण (Bacteria)
यस प्रकारको रोग बेक्टेरिआको कारणले हुने गर्दछ  र आँखाबाट पहेलो कचेरा र पानी निस्कने गर्दछ । यो त्यती नसर्ने खालको हुन्छ ।
 


२) भाइरसका कारण (Virus)

यो धेरैजसो एडिनो भाइरस (adenovirus) भन्ने भाइरसबाट हुने गर्दछ तर अन्य भाइरस जस्तै हर्पेस सिम्प्लेक्स भाइरस (Herpes Simplex virus) र भेरीसेल्ला जोस्टर भाइरस (Varicella Zoster virus) ले गर्दा पनि हुन्छ । यो अति नै चाँडो १ बाट अर्को व्यक्तिमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क बाट सर्ने वा फैलिने गर्दछ । यसका कारणले आँखामा आँशु जस्तो पानी बग्ने गर्दछ ।


 

३) एलेरेजेनका कारण (Allergen)

यो बेक्टेरिआ, भाइरस् बाहेक अन्य केमिकल अथवा विशालु चिजको सम्पर्कले हुने समस्या हो । एसमा आशु आउने, चिलाउने हुन्छ ।

यसको रोकथाम

·         सरसफाइमा ध्यान दिनु सबैभन्दा उत्तम उपाय हो
·         आँखालाई हातले नछुने
·         हात धोइराख्ने
·         सफा टावेल प्रयोग गर्ने
·         अरुको लुगा, टावेल प्रयोग नगर्ने
 
सामान्य घरेलु उपचार पद्दति

·         उमालेको पानीले कपास वा नरम कपडाको मद्दतले आँखाको बाहिरी सेतो भाग सफागर्ने
·         उमालेर मन तातो भएको पानी भित्र आँखा डुबाएर आँखा खुम्चने र हेर्ने गर्ने
·         कालो चश्मा वा अन्य कुनै आँखा छोप्ने उपकरण लगाउने
·         कुनै प्रकारको बन्डेज प्रयोग नगर्ने
 
अस्पताल जानुपर्ने अवस्था
आँखा धेरै रातो भएमा, दुखेमा, पोलेमा वा सामान्य भन्दा कुनै  किसिमका लक्षण देखिएमा नजिकैको आँखा अस्पताल जानुपर्दछ.
 
·         अस्पातलमा लक्षणगत उपचार गरिन्छ
·         आखा बिझाएमा कृतिम आशु दिइन्छ
·         बेक्टेरिआको कारण भए एन्टिबिओटिक आइ ड्रप
·         भाइरस हो भने यसमा एन्टिबिओटिक लगाउनु पर्दैन आफै दुईतीन हप्तामा हराएर जान्छ र अन्य जानकारीका लागी डाक्टरसँग सल्लाह गर्दा उपयुक्त हुन्छ

Saturday, August 5, 2023

डेंगु ज्वरो/ डेंगुको कारण,लक्षण,रोकथाम र उपचार / Dengue fever cause, symptom, prevention & Treatment

डेङ्गु ज्वरो

लामखुट्टेको टोकाइबाट सर्ने भाइरसको संक्रमणबाट हुने रोग मध्येको एउटा रोग डेंगु पनि हो। यो Flavivirus अन्तर्गत भर्ने डेंगू भाइरसको जीवाणुले गर्दा लाग्दछ। एडिज इजिप्टाइ जातको लामखुट्टेले डेङ्गु भएकालाई टोकेर, अरुलाई टोकेमा यो रोग सर्दछ। सुरुमा अफ्रिकामा मात्र पाइने यो लामखुट्टे अहिले सबैजसो गर्मी भएका भूभागमा पाइन्छ। र यिनले प्राय दिउँसो वा साँझपख टोक्ने गर्दछन्। यो लामखुट्टेका खुट्टामा सेता धर्साहरू र ढाडको माथिल्लो भागमा बिडा आकारका धर्साहरु रहेका हुन्छन्, जुन अरु प्रजातिका लाभ जुटेमा देखिँदैनन्। 

पनि जम्ने ठाउँ, साना खाल्टा हरुमा, सफा पानी धेरै दिनदेखि जमेर बसेको भएमा यस्ता लाम्खुट्टेहरुले पुल पार्ने गर्दछन्। 

डेङ्गुको जटिलता अनुसार यसलाई तीन प्रकारमा विभाजन गरिएको छ
१. डेंगू फिवर
२. डेङ्गु हेमोरेजिक फिवर
३. डेङ्गु सक सिन्डरम

डेंगुको संक्रमण को बेला विशेष किसिमको ज्वरो आउँछ, जसलाई डाक्टरी भाषामा हेमोरेजिक फिवर भनेर चिनिन्छ।
 ✓ हातगोडा, जोर्नी, टाउको दुख्ने, आलस्य हुने यो रोगका प्रमुख लक्षणहरू हुन्
  • त्यसैले यसलाई break bone fever पनि भनिन्छ।

यसका लक्षणहरु
डेङ्गु भाइरस बोकेको लामखुट्टेले टोकेको सातदिन पछि यसका लक्षणहरु देखिन थाल्छन् जुन यसप्रकारका छन्: 
✓ हातगोडाका मांसपेशी र जोर्नी दुख्ने
✓ छालामा चागाहरु हराउने र देखिने हुने
✓ चर्को ज्वरो आउनु
✓ बेस्कन टाउको दुख्नु
✓ आँखाको पछिल्लो भागमा पीडा हुनु
✓ वाकवाकी लाग्नु र बान्ता हुनु

स्थिति अरु गम्भीर हुँदै गए लक्षणहरू पनि अझै दुःखदायी हुनथाल्छ। जस्तै:
✓ नाक मुख र गिजाबाट रगत आउने
✓ आन्तरिक रक्तश्राव हुने
✓ कालो दिसा वा कालो बान्ता आउने
✓ पेट दुख्ने
✓ छालामा मसिना राता बिबिरा हरु देखिने
✓ नाडी मधुरो हुने
✓ रक्तचाप घट्दै जाने
✓ शरीरमा रगतको कमी हुँदै जाने
  •     त्यसैगरी रगतमा प्लेटलेटको संख्या घट्ने ( Thrombocytopenia) 
  •    WBC डब्ल्यूबीसी को संख्या घट्ने ( Leucopenia)
  •    Hematocrit को लेबल बड्नसक्छ 

यसको निदान
डेङ्गुमा आउने ज्वरो र मलेरिया, टाइफाइड मा हुने ज्वरो सुरुसुरुमा उस्तै लाग्छन्। अन्य लक्षण हरुले डेंगुको संकेत गरेपछि बिरामीको रगत तथा सेरमको नमुना लिन सकिन्छ।
✓ बिरामी बढ्ता गर्मी हुने र लामखुट्टे लाग्ने ठाउँमा गएको हो वा होइन भन्ने कुराले पनि डेंगु हो वा होइन भनेर पत्ता लगाउन मद्दत मिल्दछ
✓ यस रोगका लक्षणहरु देखिन 7 तुरुन्तै अस्पताल गएर परीक्षण गर्नुपर्दछ

डेङ्गुको उपचार
डेङ्गु भाइरसको कारणले हुने भएकाले अहिलेसम्म यसको खासै औषधि उपलब्ध छैन।
✓ आरम गर्ने 
✓ प्रशस्त पानी पिउने
✓ ज्वरो आएमा ज्वरोको औषधि सेवन गर्ने
✓ रगत बगेमा प्राथमिक उपचार गरेर जतिसक्दो चाँडो अस्पताल जानु पर्दछ
✓ अस्पतालमा ज्वरो कम गर्नको लागि प्यारासिटामोल दिन हुन्छ तर ब्रुफेन र एस्पिरिन भने दिनुहुँदैन। किनभने           यसले आन्तरिक रक्तश्राव लाई बढावा दिन सक्छ। 
✓ बिरामीको अवस्था हेरेर पानी वा रगत चढाउने पनि हुनसक्छ।
 
डेंगुबाट बच्ने उपाय
डेंगुबाट बच्ने प्रमुख उपाय भनेको लामखुट्टेको टोकाइबाट आफूलाई बचाउनु हो। 
  • यसकालागि लामखुट्टे भएको ठाउँमा जाँदा बाह्र उज्यालो कपडा लगाउने जसलाई लामखुट्टेले मन पराउँदैन।
  • लामखुट्टे भगाउने Odomos जस्ता तेल वा किरीम खुला रहेका हात खुट्टामा लगाउने
  • राति सुद्दा झुल टाँगेर वा लामखुट्टे भगाउने औषधि वा धुपको प्रयोग गर्ने 
  • झ्याल ढोकामा जाली लगाउने
  • शरिरमा सेन्ट नलगाउने, सेन्टले पनि लामखुट्टेलाई आकर्षण गर्न सक्छ
  • सकेसम्म बास्नादार साबुनले नुहाउने
  • घरवरिपरि पानी जम्न नदिने

डेंगुको घरेलु उपचार
घरमै पनि घरेलु औषधि वा खाना खाएर डेङ्गुको उपचार गर्न सकिन्छ। 
१. मेवाको पात
विभिन्न अनुसन्धानका आधारमा मेवाको पातमा प्लेटलेटको संख्या बढाउने तत्व भएकाले, डेङ्गुको बिरामीमा यसको जुस पिउनु प्रभावकारी हुन्छ। तर बिरामीको blood pressure normal भएको खण्डमा मात्र।

२. त्यस्तै अन्य खानेकुरा हुन् अनार, नरिवलको पानी, नरिवल, बेसार, मेथी,सुन्ताला, मौसम, प्रशस्त सुप र पानी, किव्वी

खान नहुने खानेकुराहरु
  • माछामासु, तारेको र धेरै मसालेदार खाना, कफी